चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो : विप्लव
फागुन ३०, काठमाडौं ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफूहरु नागरिक र राष्ट्रको भविष्यका लागि लडिरहेकाले चन्दा उठाउनु नैसर्गिक अधिकार भएको दाबी गरेको छ ।
आफूहरुको पार्टीलाई राजनीतिक पार्टीको रुपमा मान्यता नदिएर अपराधी समूह जस्तो व्यवहार गर्ने सरकारी निर्णय हास्यास्पद रहेको भन्दै यस्ता निर्णयले आफूहरु नझुक्ने पनि उसको भनाई छ ।
गएको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहले आपराधिक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाएपछि उसले वक्तव्यमार्फत जवाफ फर्काएको हो ।
विज्ञप्तिमाउल्लेख छ, ‘जहाँसम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउने प्रचार छ, प्रतिबनध हामीलाई होइन, राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर, तस्करहरुसँग मिलेर जनताका विरुद्ध जघन्य अपराध गर्ने अपराधी, भ्रष्ट, राज्यका मन्त्री र उनीहरुका मतियारहरुलाई लगाइनेछ ।’
पार्टीका महासचिव ‘विप्लव’ले हस्ताक्षर गरेको विज्ञप्तिमा आफूहरुले अहिलेसम्म विदेशी केन्द्रबाट पैसा नलिएको र दलाली गरेर कमिशन पनि नखाएको भन्दै चन्दा उठाउनु नैसर्गिक अधिकार भएको उल्लेख छ ।
Facebook Comments