पाँचकिलोमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध
१ असोज, चितवन ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत इच्छाकामना गाउँपालिका ६ चारकिलोमा बिहीबार बिहान पहिरो खसेपछि सडक अबरुद्द बनेको सडक सञ्चालनमा आएको १५ मिनेटमा पाँचकिलोमा पहिरो खस्दा सडक पुन अबरुद्द बनेको छ ।
बिहीबार बिहान ४ः३० बजे पहिरो खसेर अबरुद्ध भएको सडक पन्छाएर साढे ८ बजेबाट सञ्चालनमा आएपनि पुन पौने ९ बजे पाँचकिलोमा पहिरो खसेर अबरुद्द भएको सडम पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
लामो, मध्यम र छोटा दुरीका सार्वजनिक यातायात खुलेकै दिन सडक अवरुद्ध हुदा सवारीसाधनमा सवार यात्रुहरु बीचबाटोमै रोकिएका छन् ।
यसअघि नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलो र पाँचकिलोमा पहिरो खसेर बुधवार पनि सडक अबरुद्ध भएको थियो ।
भदौ अन्तिम साता लगातार भएको वर्षाले नारायणगढ–मुग्लिन सडकखण्डमा दर्जनबढी पहिरो खसेको थियो ।
Facebook Comments