सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख रुपैयाँ नाघ्यो
![सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख रुपैयाँ नाघ्यो](http://mail.enewsnepal.com/uploads/images/image_750x_5f2aa61b56df2.jpg)
काठमाडौं, २१ साउन ।
नेपाली बजारमा सुनको मूल्य १ लाख रुपैयाँ नाघेको छ ।
हरेक दिनजसो नयाँ रेकर्ड कायम गरिरहेको छापावाल सुनको मूल्य आज १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
आज मात्रै १६ सय रुपैयाँले सुनको मूल्य बढेको छ । हिजो छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो ।
तेजावी सुन आज मूल्य बढेर १ लाख ९ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य १२९५ रुपैयाँ पुगेको छ ।
Facebook Comments