काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए
![काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए](http://mail.enewsnepal.com/uploads/images/image_750x_5f60e2428c949.jpg)
३० भाद्र, काठमाडौं ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौंमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जना गरी जम्मा ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।
नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ६३८ पुगेको छ ।
मन्त्रालयका अनुसार आज थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान ग गुमाउनेको संख्या ३७१ पुगेको थियो ।
Facebook Comments