नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ९९ पुग्यो
काठमाडौं, ३० साउन ।
नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप ४ जनाको कोरोनाले मृत्यु पुष्टि भएको जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार आज मोरङ र सिरहाका १/१ जना परुष र बाराका २ पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको हो ।
मृत्यु भएकामध्ये ७७ पुरुष र २२ महिला रहेको मन्त्रालयले जनाएको छ ।
Facebook Comments