१५ हजार घुससहित इन्सपेक्टर पक्राउ
![१५ हजार घुससहित इन्सपेक्टर पक्राउ](http://mail.enewsnepal.com/uploads/images/image_750x_5cf9487aaaff8.jpg)
जेठ २३, बुटवल ।
सेवाग्राहीसँग घुस लिँदै गर्दा रुपन्देहीमा एक जना प्रहरी निरीक्षक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय रन्यौरा (सैनामैना) का प्रहरी निरीक्षक केशवबहादुर बस्नेत बिहीबार साँझ ६ बजेतिर १५ हजार घुस रकमसहित रंगेहात पक्राउ परेका हुन्।
खोलाबाट हुने गिट्टी बालुवा ढुवानीलाई सहज बनाइदिने भन्दै गिट्टी बालुवाको कारोबारमा संलग्न व्यवसायीसँग घुसबापत १५ हजार रुपैयाँ लिँदै गर्दा रंगेहात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय बुटवलले जानकारी दिएको छ।
पक्राउ परेका बस्नेतलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए।
Facebook Comments