‘पशु बली बन्द गरौं’ भन्दै काठमाडौंमा बिशाल र्याली
![‘पशु बली बन्द गरौं’ भन्दै काठमाडौंमा बिशाल र्याली](http://mail.enewsnepal.com/uploads/images/image_750x_5d03e182b1cf0.jpg)
जेठ ३१, काठमाडौं ।
पशुबली जरैबाट निर्मुल गर्न भन्दै काठमाडौंमा शुक्रबार पशुबलीविरुद्ध बिशाल र्याली निकालिएको छ ।
पशु कल्याण संघ नेपालले शान्तिवाटिकाबाट सुरु गरेको र्याली असन, चाक्सीबारी हुँदै सोह्रखुट्टे हुदै ठमेलको सञ्चयकोष भवननजिक आई समापन भएको थियो ।
खसी, बोका, राँगा, कुखुरा लगायतका पशुपन्छीलाई देवीका मन्दिरहरु तथा विभिन्न मेलामा पशु चौपायाको बलि दिने प्रथा रोक्नुपर्ने उनिहरुको माग राखेका छन् ।
र्यालीका सहभागीले कुखुरा, राँगो, खसी, बंगुर आदि जनावरको आकृति भएको मुकुण्डो लगाएर प्रदर्शन गरेका थिए ।
Facebook Comments