हेलिकप्टर दुर्घटना : श्रद्धाञ्जली कार्यक्रम शुक्रबारलाई सारियो
![हेलिकप्टर दुर्घटना : श्रद्धाञ्जली कार्यक्रम शुक्रबारलाई सारियो](http://mail.enewsnepal.com/uploads/images/image_750x_5c77e6019078f.jpg)
फागुन १६, काठमाडौं । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम आज नहुने भएको छ ।
सेनाको हेलिकप्टरमार्फत बिहिबार दिउँसो काठमाडौं ल्याइएका शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमको काम सुरू भएको छ। यद्यपी सबै शव पोष्टमार्टमका लागि १० देखि १५ घण्टा लाग्ने भएकाले आजका लागि निर्धारित कार्यक्रम भोलि बिहान ८ बजेका लागि सारिएको हो।
श्रद्धाञ्जलीसभा शुक्रबार ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमै हुने जनाइएको छ ।
Facebook Comments