बुटवल कोरोना विशेष अस्पतालमा थप १० संक्रमितको मृत्यु
![बुटवल कोरोना विशेष अस्पतालमा थप १० संक्रमितको मृत्यु](http://mail.enewsnepal.com/uploads/images/image_750x_609a6caf88123.jpg)
बुटवल, २८ वैशाख ।
पछिल्लो २४ घण्टा बुटवलस्थित कोरोना विशेष अस्पतालमा मात्रै कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेहरुमा आठ जना पुरुष र दुई महिला रहेका छन् । रुपन्देहीकी ५१ वर्षीया महिला, प्युठानको गौमुखी ७ का ५० वर्षीय पुरुष, कपिलवस्तुको बुद्धभूमि–१ का ४० वर्षीय पुरुष, रुपन्देहीको बुटवल ११ का ३६ वर्षीय पुरुष, बुटवलका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
त्यसैगरी रुपन्देहीको कञ्चन गाउँपालिका–४ की ३६ वर्षीया महिला, बुटवल १७ का ७८ वर्षीय पुरुष, बुटवल–१२ का ६३ वर्षीय पुरुष, रूपन्देहीको सैनामैना–३ का ४२ वर्षीय पुरुष, कपिलवस्तुको चन्द्रौटा–७ का ३३ वर्षीय पुरुषको मृत्यु भएको गौतम जानकारी दिए।
संक्रमणसँगै धेरै जसोमा स्वास प्रश्वासमा समस्या र निमोनिया रहेको अस्पतालले जनाएको छ । योसँगै संक्रमणबाट रुपन्देहीमा मृत्यु हुनेहरुको संख्या २८५ पुगेको छ ।
अक्सिजनको अभाव झेलिरहेको यो अस्पतालमा संक्रमितहरुको चाप झन बढिरहेको छ ।
Facebook Comments