काठमाडौं उपत्यकाको निषेधाज्ञा वैशाख २९ सम्म थप
![काठमाडौं उपत्यकाको निषेधाज्ञा वैशाख २९ सम्म थप](http://mail.enewsnepal.com/uploads/images/image_750x_6091516346aa5.jpg)
काठमाडौं, २१ वैशाख ।
काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । उपत्यकाका तीन जिल्लामा गत १६ गतेदेखि लागू भएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिँदै थियो ।
बैठकले पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरेको छ ।
Facebook Comments