‘लक्का जवान’ आउदो वैशाख २३ गतेदेखी प्रदर्शनमा आउने
२० मंसिर, काठमाडौं।
कोरोना महामारीका कारण प्रदर्शनमा आउन नसकेको चलचित्र ‘लक्का जवान’को नयाँ प्रदर्शन मिति तय भएको छ ।
यसअघि २०७६ चैत २१ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र लक्का जवान आगामी वैशाख २३ गते प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।
शिवहरि पौडेलको डेब्यू निर्देशनमा बनेको यो चलचित्रमा प्रियङ्का कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ ।
Facebook Comments