‘आकासे खेती’ फागुन २७ देखि प्रर्दशनमा आउने

‘आकासे खेती’  फागुन २७ देखि प्रर्दशनमा आउने

९ पुस, काठमाडौं । 
चलचित्र ‘आकासे खेती’ ले अफिसियल पोस्टरसँगै रिलिज मिति पनि सार्वजनिक गरेको छ । 

निर्देशक उदय सुब्बा निर्देशित यस चलचित्र आगामी फागुन २७ गते  देखि प्रर्दशनमा आउने भएको हो।

चलचित्रको पोस्टरमा प्रमुख कलाकारहरु गौरव पहारी, विल्सनविक्रम राई ‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रवीन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देललगायतका कलाकारलाई देख्न सकिन्छ।

चलचित्रको संवाद कलाकार विल्सनविक्रम राई ‘तक्के बुढा’ले लेखेका हुन् । निर्देशक सुब्बाको कथा रहेको यस चलचित्रमा केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ, दिलप्रकाश याक्सो निर्माता रहेका छन्। 

एसएस इन्टरनेशनल फिल्मस् र तोक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा विक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिवको नृत्य, विकास चौधरी र बादल लिब्बुको संगीत छ ।