‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक, नयाँ वर्षदेखि प्रदर्शनमा आउने
![‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक, नयाँ वर्षदेखि प्रदर्शनमा आउने](http://mail.enewsnepal.com/uploads/images/image_750x_61e2f8214afe3.jpg)
१ माघ, काठमाडौं ।
नेपाली चलचित्र ‘ए मेरो हजुर’ को चौथो श्रृङ्खलाको प्रदर्शन मिति र टिजर एकैदिन सार्वजनिक भएको छ ।
सार्वजनिक भएको चलचित्रको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापालाई देख्न सकिन्छ ।
यो चलचित्र आउँदो वर्षको बैशाख १ गते अर्थात नयाँ वर्षदेखि प्रदर्शनमा आउने भएको छ ।
झरना थापाको निर्देशनमा तयार भएको चलचित्र सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।
Facebook Comments