कमेडी च्याम्पियनबाट ऋचाले लिइन् विश्राम
![कमेडी च्याम्पियनबाट ऋचाले लिइन् विश्राम](http://mail.enewsnepal.com/uploads/images/image_750x_6132683c9db8e.jpg)
काठमाडौं, १८ भदौं ।
अभिनेत्री ऋचा शर्मा लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन-२’ बाट विश्राम लिएकी छन् ।
आमा बन्ने मिति नजिकिएपछि उनले शोबाट विश्राम लिएकी हुन्। उत्कृष्ट ३ प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा रहेकी शर्मा फाइनल प्रतियोगितामा भने शोमा अब देखिने छैनन् ।
ऋचाले उत्कृष्ट तीन प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा शोमा बसकी अभिनेत्री ऋचा शर्मा रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ विश्राम लिएकी हुन् ।
कमेडी च्याम्पियनको फाइनल आगामी असोज २ गते हुँदैछ । फाइनलमा अन्तिम तीन सहभागी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापाबीच प्रतिस्पर्धा हुनेछ।
ऋचाले बिदा लिएपछि अव शोमा निर्णायकको रुपमा सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई मात्र देखिनेछन् ।
Facebook Comments