मानव अधिकार आयोगको आग्रहपछि विष्णु माझीबारे प्रहरीले गर्यो सोधपुछ
काठमाडौं, २९ भदौं ।
गायिका बिष्णु माझीको स्वरमा रहेको ‘चरी जेलैमा’ बोलको विभिन्न रेकर्डसहित चर्चा पाइरहदा सामाजिक सञ्जालमा कतिपयले यो गीत उनको व्याक्तिगत जीवनसँग मेल खाएको भन्दै चासो व्यक्त गरिरहेका थिए ।
टिकटकदेखि सामाजिक संजालमा उनको गीत भाइरल नै उनको अवस्थाको बारेमा पनि आम मानिसहरुले चासो व्यक्त गरिएका थिए । उनका शुभचिन्तक र श्रोताले चासो व्यक्त गरेपछि राष्ट्रिय मानव अधिकार आयोगकले समेत यस बिषयमा ध्यानाकर्षण भएको जनाएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगले स्याङ्जा प्रशासन कार्यलयलाई माझीको अवस्थाबारे बुझ्न आग्रह गर्दै पत्र काटेपछि प्रशासनले उनको अवस्थाबारे बुझेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली माझीको माइतीघर रहेको स्याङ्जाको चापाकोटमा पुगेर सोधखोज गरेको हो ।
बोगटीका अनुसार राष्ट्रिय मानवअधिकार आयोगले माझी लामो समयदेखि सार्वजनिक नभएको भन्दै उनको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पत्र पठाएको थियो ।
माझीको माइतीघरमा प्रहरीको टोली पुगेर सोधपुछ गर्दा उनी माइत नआएको वर्षौँ भइसकेको जानकारी आएको बोगटीले बताए ।
लामो समयदेखि सार्वजनिक रुपमा नदेखिएकी माझी दुई बर्ष अगाडि पनि उनका श्रीमान् सुन्दरमणी अधिकारीसँग स्याङ्जा प्रशासनमा उपस्थित भएर आफ्नो भनाई राखेकी थिइन । सो समयमा माझीले आफू कुनै दबाबका कारण नभई रहरले नै सार्वजनिक रुपमा हिडडुल नगरेको बताएकी थिइन् ।
Facebook Comments