नागा र सामन्थाको सम्बन्धविच्छेदमा फेसन डिजाइनर

नागा र सामन्थाको सम्बन्धविच्छेदमा फेसन डिजाइनर

काठमाडौं, २१ असोज । 
दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रुथ प्रभुले एकसाथ नरहने निर्णण गरेपछि चार वर्षको वैवाहिक सम्बन्धलाई टुंग्याए पनि उनीहरुको सम्बन्धमा टुंगिनुमा नयाँ कारणहरु बाहिर आइरहेका छन् । 

दुई महिनाअघिदेखि नै यो जोडीको सम्बन्ध बिग्रिरहेको खबर सार्वजनिक भइरहे पनि उनीहरुले यो विषयमा मुख खोलेका थिएनन् । गत सातामात्र उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिने निर्णय लिएका थिए । उनीहरुको सम्बन्धविच्छेदमा दुईवटा प्रमुख कारण मानिएको छ ।

पहिलो कुरा नागाको परिवारले सामन्थाले अभिनयलाई छोडेर पारिवारिक जीवन बिताउन दबाब दिइरहेका थिए । तर सामन्थाले यो कुरालाई मानेकी थिइनन् ।

सामन्था निकट स्रोतका अनुसार सामन्था पछिल्लो समय उनको फेसन डिजाइनर साथी प्रितम जुकालकरसँगको सम्बन्ध प्रगाढ बन्दै गइरहेको थियो । जुन कुरा उनको परिवारलाई पनि थाहा थियो । उनीहरुको सम्बन्धविच्छेद हुनुमा यसलाई प्रमुख कारण मानिएको छ ।

उनीहरुले सन् २०१७ को अक्टोबर ६ र ७ मा गोवामा परिवार तथा केही नजिकका साथीभाईमाझ विवाह गरेका थिए ।

सामन्था र नागा अलग्गिने निर्णय लिएपछि सामन्थाका पिता जोसेफले दुवैको निर्णयले आफ्नो दिमाग खाली भएको प्रतिक्रिया दिएका थिए ।