टाइगर श्रोफले नेपालीलाई सम्वोधन गर्दै पठाए भिडिओ सन्देश
१६ वैशाख, काठमाडौं ।
बलिउड कलाकार टाइगर श्रोफले नेपालीलाई सम्वोधन गर्दै एक भिडियो सन्देश पठाएका छन् । उनले आजबाट सार्वजनिक भएको आफ्नो चलचित्र ‘हिरोपन्ती २’ हेरिदिन आग्रह गर्दै भिडियो सन्देश पठाएका हुन् ।
केही समय अगाडी आफ्नो चलचित्र हेरिदिन आग्रह गर्दै भारतिय कलाकार यश, वरुण धवन, अक्षय कुमार लगायतका कलाकारहरुले भिडिओ सन्देश जारी गर्दै नेपाली दर्शकलाई भिडियो सन्देश पठाइसकेका छन् ।
उनले भिडिओ सन्देशमा भनेका छन्, ‘नमस्ते नेपाल मेरो फ्लिम हिरोपन्ती २, यही अप्रिल २९ देखी नेपालमा रिलिज हुँदै छ म सबैलाई सो फ्लिम हेर्दिन आग्रह गर्छु , म वाचा गर्छु कि यो फ्लिम हेरेर तपाईंले भरपुर मनोरन्जन प्राप्त गर्नु हुनेछ।’
पछिल्लो समय भारतिय चलचित्र निर्माणकर्ताहरुले नेपाललाई उत्कृष्ट व्यपारिक गन्त्वयको रुपमा लिँदै आएको देख्न सकिन्छ ।
Facebook Comments